नेपालगञ्जमा थपिए ७ नयाँ कोरोना संक्रमित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । सातै जना नयाँ संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ८ का हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सोही स्थानका १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।