Suvadin, Home

Cover Image

अढाइ लाख नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर दुई लाख ५१ हजार ९४७ जनाले ज्यान गुमाइसकेका छन् ।

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर दुई लाख ५१ हजार ९४७ जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार सबैभन्दा बढी अ‍ेमरिकामा एक हजार ३१८ जनाको मृत्यु भएको थियो । त्यस्तै ब्राजिलमा ३१८ र फ्रान्समा ३०६ जनाको मृत्यु भएको थियो ।

३६ लाख ४१ हजार २०४ संक्रमितमध्ये ११ लाख ९२ हजार ९५९ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७०९ जनाको ज्यान गएको छ । संक्रमितको संख्या १२ लाख ११ हजार ८३८ पुगेको छ । झन्डै एक लाख ८८ हजार निको भइसकेका छन् ।

कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या विश्वभर ११ लाख ९४ हजारभन्दा बढी छ । संक्रमण बढी फैलिएका जर्मनी, स्पेन, इटालीजस्ता देशमा निको हुनेको संख्या बढिरहेको छ ।

स्पेनमा एक लाख ५५ हजारभन्दा बढी निको भइसकेका छन् । अब करीब ७१ हजार जना मात्र उपचाररत छन् ।


 

More form the Internet

loading...