Suvadin, Home

अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म ७६ हजार ९२८ ले ज्यान गुमाए

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ । २४ घण्टाको अवधिमा बिहीबार ३० हजारको नयाँ संक्रमित भेटिए ।

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ । २४ घण्टाको अवधिमा बिहीबार ३० हजारको नयाँ संक्रमित भेटिए ।

पछिल्लो २४ घण्टामा  २९ हजार ५०२ जना संक्रमित भएका हुन् । बिहीबार मात्रै २ हजार १२७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ जना संक्रमित भएका छन् भने ७६ हजार ९२८ जनाको ज्यान गइसकेको छ । २ लाख १७ हजार २५० जनालाई मात्र निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित हुँदा २६ हजार ३६५ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ३५ हजार १०६ जना संक्रमित हुँदा ८ हजार ८३४ जनाको ज्यान गएको छ । 

अमेरिकामा रहने १६ जना नेपालीको पनि कोरोनाबाटै ज्यान गएको छ । दुई हजार भन्दा बढी संक्रमित रहेका छन् ।


 

More form the Internet

loading...