Suvadin, Home

Cover Image

कोरोनाबाट विश्वभर २ लाख ७० हजार वढीको ज्यान गयो 

कोरोना भाइरसको महामारीका कारण विश्वको ज्यान गुमाउनेहरूको संख्या थपिँदो छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाले ज्यान गुमाइसकेका छन् ।

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको ज्यान गुमाउनेहरूको संख्या थपिँदो छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ । 

यस्तै अमेरिकामा संक्रमितको संख्या पनि दिनहुँ थपिँदो छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख १५ हजार ८ सय भन्दा बढी संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ५६ हजार ८ सय जना कोेरोना संक्रमित मध्ये २६ हजार भन्दा बढीको मृत्यु भएको छ ।


 

More form the Internet

loading...