Suvadin, Home

Cover Image

भारतमा एकैदिन थपिए ४३ सय कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकै दिन ठूलो संख्यामा संक्रमित भेटिएको यो नै आजसम्मको सबैभन्दा बढी हो ।

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकै दिन ठूलो संख्यामा संक्रमित भेटिएको यो नै आजसम्मको सबैभन्दा बढी हो ।

आइतबार भारतमा ४ हजार ३५३ नयाँ संक्रमित थपिएका हुन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ ।

भारतमा २० हजार ९६९ जना भने कोरोना निको भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।


 

More form the Internet

loading...