Suvadin, Home

Cover Image

नेपालमा कोरोना संक्रमितको संख्या १३४, दिनहुँ बढ्दो जोखिम

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको  छ । सोमबार बेलुकी मात्रै नेपालमा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको  छ । सोमबार बेलुकी मात्रै नेपालमा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको हो । सोमबारमात्रै २४ जनामा कोरोना संक्रमित फेला परेका हुन् ।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार बिहान ११ जनामा कोरोना संक्रमण देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।


 

More form the Internet

loading...