Suvadin, Home

Cover Image

विश्वभर कोरोनाबाट २ लाख ८७ हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित थप्पिँदै गएका छन् । पछिल्लो तथ्याङक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगिसकेको छ ।

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित थप्पिँदै गएका छन् । पछिल्लो तथ्याङक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगिसकेको छ ।

यस्तो विश्वमा४२ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै झण्डै २ लाख ८७ हजारभन्दा बढी संक्रमितको हालसम्म मृत्यु भइसकेको छ ।

झण्डै १५ लाख २७ हजारभन्दा बढी संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । झण्डै ४७ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो समय युरोपभन्दा पनि अन्य महादेशमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको अधिकारीहरुको दाबी रहेको छ ।


विश्वभर १५० भन्दा बढी वैज्ञानिकहरु कोरोना भाइरस भ्याक्सिन बनाउन रात दिन लागि परेका छन् । यो भाइरस हालसम्म २१२ वटा देशहरुमा फैलिइसकेको छ ।


 

More form the Internet

loading...