Suvadin, Home

विश्वमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको दिनहुँ बढ्दो छ । शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २२ हजार पुगेको छ ।

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको दिनहुँ बढ्दो छ । शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २२ हजार पुगेको छ । 

विश्वभर एकै दिन ९६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मृतकको संख्या पनि ३ लाख ३ हजार ७८ जनाको ज्यान गएको छ । 

निको हुनेको संख्या १७ लाख २ हजार १५२ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १४ लाख ५७ हजार २९३ पुगेको छ । ८६ हजार ९०८ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ७२ हजार ६४६ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ३२१ पुगेको छ । 

रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो १० हजार भन्दा बढीको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ५२ हजार २४५ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ३०५ जना पुगेका छन् । 

बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख ३३ हजार १५१ पुगेको छ । मृतक ३३ हजार ६१४ रहेका छन् । 

पाँचौ स्थानमा रहेको इटालीमा २ लाख २३ हजार ९६ जना संक्रमित हुँदा मृतक ३१ हजार ३६८ पुगेको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा भारत १२औं स्थानमा छ । भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् ।  संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । मृतक २ हजार ६४९ पुगेको छ ।


 

More form the Internet

loading...