नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । नेपालमा पनि पछिल्ला दिनमा दिनहुँ जसो कोरोना संक्रमित थपिँदै गएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको होे ।
काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि बिहीबार दिउँसो तीन जनामा कोरोना पुष्टि भएको थयो। काठमाडौं ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको छ।