कोरोना आशंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ । उनको मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।
बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।
बिहीबार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भीर थियो । अस्पताल प्रशासनका अनुसार स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
२९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।