Suvadin, Home

Cover Image

थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ ।

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

आजसम्म नेपालमा संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।


 

More form the Internet

loading...