Suvadin, Home

Cover Image

थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि भएको जनाएको हो ।

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि भएको जनाएको हो ।

प्रदेश १ को विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएकोछ । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।


 

More form the Internet

loading...