विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ५० लाख नाघेको छ ।
कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो ।
सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाको ज्यान गएको छ । यस्तै सङ्क्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरस फैलिएको छ ।
सबैभन्दा बढी अमेरिका कोरोनाबाट ग्रसित बनेको छ । कोरोना भाइरसबाट अमेरिकामा मात्रै १५ लाख ७० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।