Suvadin, Home

स्वास्थ्य मन्त्रालयका कर्मचारीले बिदाको दिन पनि कार्यालय आउनुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

काठमाडौं उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सह-सचिव तथा विभागीय प्रमुखलाई बिदाको दिन पनि काम निर्देशन दिइएको हो । 

मन्त्रालयले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेकाले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्यकर्मीलाई बिदाको दिनमा कार्यालय आएर काम गर्न र उपत्यका नछोड्न निर्देशन दिएको हो ।


 

More form the Internet

loading...