Suvadin, Home

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४० हजार पुग्यो

विश्वभर कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमितको संख्या दिनहुँ बढ्दो छ । आज पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या विश्व भर ३ लाख ४० हजार ६६ पुगेको छ ।

एजेन्सी । विश्वभर कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमितको संख्या दिनहुँ बढ्दो छ । आज पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या विश्व भर ३ लाख ४० हजार ६६ पुगेको छ ।

यस भाइरसका कारण मृतकको संख्या १४ हजार ७०४ पुगेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरेको कोरोना भाइरस विश्वका १ सय ८० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

हाल अमेरिका, चीन लगायतका देशमा कोरोनाको खोप परीक्षणकालमा छन् । डब्लूएचओले औषधि निर्माण नभएको अवस्थामा कोरोनाबाट बच्न हात धुन, स्यानिटाइजर र मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।


 

More form the Internet

loading...