Suvadin, Home

कोरोनाबाट भारतको मुम्बइमा थप एकको मृत्यु

भारतको मुम्बइमा नोभेल कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

एजेन्सी । भारतको मुम्बइमा नोभेल कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

संयुक्त अरब इमिरेट्सबाट फर्किएका ६५ वर्षीय एक व्यक्तिको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती व्यक्तिलाई खोकी लाग्‍ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएको ब्रिहानमुम्बइ म्युनिसिपल कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनलाई कोरोनाको संक्रमण हुनुअघि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ । उनलाई मुम्बइको कस्तुरबा अस्पतालमा मार्च २० मा उपचारका लागि भर्ना गरिएको थियो । उनको सोमबार मध्यराति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । 

योसँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५११ पुगेको छ भने १० जनाको मृत्यु भएको छ । 


 

More form the Internet

loading...