Suvadin, Home

कोरोना रोकथामका लागि मन्त्रालयले गर्‍यो उपसमिति गठन

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकले उपसमिति गठन गरेको छ ।

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकले उपसमिति गठन गरेको छ ।

बैठकले लकडाउनको अवधिभर साथै  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) लाई  फैलन नदिनका लागि भन्दै विभिन्न समिति बताएको हो ।

मन्त्रालयले वैदेशिक व्यवस्था समन्वय समिति, औषधी व्यवस्था समन्वय समिति, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने समन्वय समिति, सुचना समन्वय समिति बनाएको छ । यस्तै कोरोना भाइरसको  आशंकामा गरिने नमुना परीक्षणका लागि अन्य प्रयोगशालाहरु खडा गर्ने बारेमा समेत छलफल भएको बताइएको छ ।


 

More form the Internet

loading...