Suvadin, Home

Cover Image

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गरेका छन् ।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग राखिएको छ । उनी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका बताइएको छ ।

यसअघि दुई जनामा संक्रमण पुष्टि भएकोमा एक उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् भने एक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन् ।


 

More form the Internet

loading...