Suvadin, Home

भारतले आफ्ना ८० करोड नागरिकलाई तीन महिनासम्म नि:शुल्क खाद्यान्न दिने

कोरोना भाइरसबाट आतंकित बनिरहेको भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म नि:शुल्क खाद्यान्न दिने भएको छ ।

काठमाडौं । कोरोना भाइरसबाट आतंकित बनिरहेको भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म नि:शुल्क खाद्यान्न दिने भएको छ । भारतले चामल, गहुँ र दाल लगायतका खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।

पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म नि:शुल्क दिने भारतले घोषणा गरेको हो । यस्तै, भारतले कोरानो भाइरसको संक्रमितलाई ५० लाख रुपैयाँको बीमाको घोषणा गरेको छ ।

प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, भारतले ८ करोड ६९ लाख किसानलाई लागि अप्रिलको पहिलो हप्ता जनही दुई हजार रुपैयाँ दिने भएको छ ।


 

More form the Internet

loading...