Suvadin, Home

चिनियाँ राजदूतले नेपाललाई हस्तान्तरण गरिन स्वास्थ्य सामाग्री

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना संक्रमितका लागि उपचार गर्न चीनबाट आएका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना संक्रमितका लागि उपचार गर्न चीनबाट आएका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर उनले कोरोना रोकथाम एवम् उपचारमा प्रयोगत हुने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका सामानहरू प्रदान गरेकी हुन् ।

चिनियाँ दूतावास एवम सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न सकिने माक्स २४ हजार थान, एन नाइन्टी फाइब माक्स २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल ४ सय थान उपलब्ध गराएको छ ।


 

More form the Internet

loading...