Suvadin, Home

अष्ट्रेलियामा ८ नेपालीमा देखियो कोरोना संक्रमण

अष्ट्रेलियामा आठ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये ६ जना विद्यार्थी रहेका छन् ।

एजेन्सी । अष्ट्रेलियामा आठ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये ६ जना विद्यार्थी रहेका छन् ।

सबैभन्दा न्यु साउथ वेल्स स्टेट (एनएसडब्लु) मा ४ जनालाई संक्रमण देखिएको छ । एनएसडब्लुको सिड्नी सहरमा ४ नेपाली विद्यार्थीलाई संक्रमण देखिएको दूतावासले जनाएको छ ।

भिक्टोरियामा तीन नेपाली संक्रमित देखिएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । तासमेनियामा एक जना नेपाली विद्यार्थीमा केही अघि कोरोना संक्रमण देखिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अष्ट्रेलियामा हालसम्म ४ हजार १९१ जना कोरोना भाइरसका संक्रमित छन् । १८ जनाको मृत्यु भएको छ ।


 

More form the Internet

loading...