Suvadin, Home

ओली मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओली पुन मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने भएका छन् । प्रत्यारोपणका लागि बुझ्न प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुन मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने भएका छन् । प्रत्यारोपणका लागि बुझ्न प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।

अमेरिका जाने तय भैसकेको तर मिति भने तय नगरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार केहि प्राविधिक काम र प्रधानमन्त्रीले जिम्मेवारी दिने काम बाँकी रहेकोले मिति तय भैनसकेको बताइएको छ ।

दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएर ग्राण्डी अस्पतालमा डाइलासिस गरिएको थियो भने हिजोमात्रै तेश्रोपटक डाइलासिस गरिएको छ ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीको फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् ।

अहिले भने मेडिकल टिमसँग सल्लाह गरेर उनि अमेरिका जाने तय भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


 

More form the Internet

loading...