Suvadin, Home

Cover Image

‘आइसीयु’बाटै प्रधानमन्त्रीले भने- मेरो स्वास्थ्य सुधार भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको बताएका छन् । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको बताएका छन् । 

‘आइसीयु’बाटै भिडियो सन्देश जारी गर्दै उनले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका हुन् । उनले रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने भन्दै आफूलाई अप्रत्याशित ‘एपेन्डिसाइटिस’को समस्या आइलागेको सन्देशमा बताएका छन् ।

एपेन्डिसाइटिसको संक्रमण बाहिरसम्म फैलिएका कारण भएको ‘इन्फेक्सन’ हटाउन हप्ता–१० दिन लाग्ने भएकाले अस्पतालमै केही समय बस्नु पर्ने उनको भनाई छ । 

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आफू समाचारहरु हेर्नसक्ने अवस्थामा रहेको भन्दै आइतबार साँझ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह पनि हेरेको बताएका छन् ।


 

More form the Internet

loading...