Suvadin, Home

सुन प्रकरणको केन्द्रमा भारतीय तस्कर कृष्ण अग्रवाल 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको ३३ किलो सुन भारतीय मूलका व्यापारी कृष्ण अग्रवालको भएको आशंकामा प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको छ। ब्युरो स्रोतका अनुसार हाल दुबई बसिरहेका अग्रवालको सञ्जाल निकै ठूलो रहेको र त्यसले नेपालमा संगठित रुपमा सुन तस्करी गरिरहेको छ। नेपाल हुँदै ठूलो परिमाणमा सुन भारत तस्करीका लागि अग्रवालको झन्डै ५० जनाको समूह सक्रिय रहेको ब्युरो स्रोतले जनाएको छ।  
बिहीबार बरामद भएको सुन।

काठमाडौं, पुस २२


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको ३३ किलो सुन भारतीय मूलका व्यापारी कृष्ण अग्रवालको भएको आशंकामा प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको छ। ब्युरो स्रोतका अनुसार हाल दुबई बसिरहेका अग्रवालको सञ्जाल निकै ठूलो रहेको र त्यसले नेपालमा संगठित रुपमा सुन तस्करी गरिरहेको छ।

नेपाल हुँदै ठूलो परिमाणमा सुन भारत तस्करीका लागि अग्रवालको झन्डै ५० जनाको समूह सक्रिय रहेको ब्युरो स्रोतले जनाएको छ।  

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचपासबाट बाहिरिँदै गर्दा ब्युरोले ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेपालगञ्ज–१३ का गोपालबहादुर शाही, मोरङ पथरी–८ का दिलबन्धु थापा र जनकपुर–१२ का सन्तोष काफ्ले छन्।

युएईबाट एयर अरेबिया बिमानमा आएका उनीहरूलाई विशेष सुराकीको आधारमा ब्युरोले सुनसहित समातेको हो। ब्युरोका अनुसार सुन तस्करीमा अन्तर्राष्ट्रियस्तरको संगठित समूह रहेको आशंका गरिएको छ। 

‘सुन तस्करीमा संगठित समूह छ भन्ने आशंका हाम्रो छ,’ ब्युरो प्रवक्ता एसपी मीरा चौधरीले शुभदिनसँग भनिन्। 

उनका अनुसार प्रारम्भिक वयानमा पक्राउ परेकाहरूले आफूलाई ‘भरिया’ भनेका छन्। ‘हामीलाई फलानो ठाउँमा पुर्याउनु भनिएको हुन्छ, त्यहाँ को आउँछ भन्ने थाहा हुँदैन भनेका छन्,’ चौधरीले भनिन्।

पक्राउ परेकाहरूको औपचारिक वयान आइतबारबाट सुरू हुने ब्युरोले जनाएको छ। पक्राउ परेकाले नेपाल र भारत दुबैतिरका लागि सुन ल्याइएको बताएका छन्। सुरक्षा दृष्टिले संवेदनशील विमानस्थलबाटै तस्करीको सुन बरामद भएपछि प्रहरीले अनुसन्धानलाई सूक्ष्म बनाएको बताएको छ।  

‘भारतीय मूलका व्यापारी कृष्ण अग्रवालको संलग्नता रहेको कुरा आएको छ,’ सिआइबी स्रोतले भन्यो, ‘तिनले दुबर्इमा बसेर लामो समयदेखि यस्तो धन्दा गरिरहेका छन्।’ सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको र त्यसको नेतृत्व तिनै अग्रवाल थरका व्यापारीले गरेको अनुमान गरिएको छ। 

‘४०(५० जनाको सञ्जाल छ। सबैले आ(आफ्नो जिम्मेवारीको काम गर्छन्। एउटाको कुरा अर्कोलाई थाहा हुँदैन,’ ब्युरो स्रोतले भन्यो।

यति ठूलो परिणामको सुन तस्करी ‘माथिल्लो स्तरको सेटिङ’बिना सम्भव नहुने भएकाले भन्सारका केही अधिकृतस्तरका कर्मचारीलाई निगरानीमा राखिएको ब्युरो स्रोतले शुभदिनलार्इ बतायो। सिआइबीको टोली शुक्रबार बिहानैदेखि विमानस्थल वरिपरि केन्द्रित भएको छ। 

‘कसको हो भन्ने किटान चाहिँ पक्राउ परेकाको वयानपछि नै थाहा हुन्छ,’ एसपी चौधरीले भनिन्, ‘वयानपछि सत्य(तथ्य सार्वजनिक गरिने नै छ।’ उनका अनुसार अहिले कसैको नाम बताउन सकिन्न। ‘अन्तर्राष्ट्रियस्तरकै गिरोह हो भन्ने अनुमान गरिएको छ,’ उनले भनिन्।

तीन वर्षअघि ठूलो परिमाणको विदेशी मुद्रा विमानस्थलबाट समातिएको थियो। उक्त प्रकरणमा संलग्न रहेको पुष्टि भएपछि तत्कालीन विमानस्थल सुरक्षा प्रमुख एसएसपी रबिराज श्रेष्ठलाई बर्खास्त गरिएको थियो। 


 

More form the Internet

loading...