Suvadin, Home

अब महरालाई के हुन्छ ? यस्तो छ करणीसम्बन्धी कानुनी व्यवस्था

सभामुख कृष्णबहादुर महारामाथि बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेपछि नयाँ तरंग पैदा भएको छ । कसैले कल्पना नगरेको आरोप सभामुखमाथि लाग्दा अहिले सबैलाई जस्काइदिएको  छ ।

काठमाडौं । सभामुख कृष्णबहादुर महारामाथि बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेपछि नयाँ तरंग पैदा भएको छ । कसैले कल्पना नगरेको आरोप सभामुखमाथि लाग्दा अहिले सबैलाई जस्काइदिएको  छ । झनै झस्किएका छन् नेकपाका नेताहरू । सोमबार महरामाथि संसद् भवनमै कार्यरत एक महिलामाथि यौन दूर्यवहार गरेको आरो लागेको हो ।

उक्त आरोप पछि सञ्चार माध्यममा समाचार बाहिरिएसँगै उक्त विषय सबैको चासो र चर्चाको विषय बन्न पुग्यो । उक्त विषयले निकै उग्र रुप लिएपछि आज बिहानै नेकपा सचिवालय बैठक बस्यो । बैठकमा महराले तत्कालै राजीनामा दिनुपर्ने विषयले प्राथमिकता पायो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसअघि नै छुट्टै छलफल गरेर महरालाई राजीनामा दिन लगाउने निष्कर्षसहित बैठकमा पुगेका थिए ।

अध्यक्षद्वयको निर्णयलाई वैधानिकता दिने हिसाबले मात्र सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्ष ओलीले नै विषयवस्तुलाई प्रवेश गराए । 

‘उहाँलाई राजीनामा दिन लगाउँ’ भन्ने प्रस्ताव पनि अध्यक्षकै तर्फबाट आयो । अध्यक्षद्वयको प्रस्तावमा निर्णय नहुने कुरै भएन, प्रस्ताव अनुसारकै निर्णय भयो । तेसको केही बेरमै महराले पदबाट राजीनामा दिनु पर्यो ।

अब के हुन्छ महरामाथि कानुनी सजाय 

अपराधसम्बन्धी कर्तूतको दण्ड व्यवस्थाका लागि गत वर्षबाट नेपालमा मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ । यसअघि मुलुकी ऐनमा नै फौजदारी र देवानी दुबै प्रकृतिको मुद्दाको दण्ड व्यवस्था गरिएको थियो ।

२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग अलग कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसूर यी कानुनले अलग अलग हेर्ने गर्दछ ।

अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जवरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन कुन अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।

दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।

यस्तो छ थप कानुनी व्यवस्था 


 

More form the Internet

loading...