Suvadin, Home

बन्द गरे पनि घर भत्काउन छोडिँदैन : महानगर

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की पीडितहरूले आन्दोलन गरे पनि सडक विस्तारको काम नरोकिने बताएका छन्। उनले भने, ‘नियमविपरीत बनेका घर-टहरा हामी भत्काउँछौ, हामीले सडक विस्तार कार्य रोक्ने छैनौं। नियम पनि मिच्ने अनि पीडित भयौं पनि भन्न मिल्दैन। उनीहरूको पुन:स्थापनको लगायतका जायज माग सम्बोधन गर्ने विषय चाहिँ सरकार गर्ने हो।’
बन्दले सडकमा सवारी कम चलेका छन्। तस्बिर: गोविन्द लुइँटेल /शुभदिन

काठमाडौं पुस २०


काठमाडौं उपत्यकामा सडक विस्तार पीडित संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा सामान्य परेको छ। 

उत्यकाबासीका आफ्ना पुर्ख्याैली थातथलो घर, तथा जग्गाबाट सडक विस्तार गर्ने क्ररममा मु-अाब्जा नदिई उठिवास गराएको भन्दै काठमाडाैंबासी सडक विस्तार पीडित संङर्ष समितिले बन्द अाह्वान गरेको हो।

सर्वाेच्च अदालतको अन्तरिम आदेशको पालना तथा व्यक्तिको सम्पत्तिको अधिकारको रक्षा गर्न सडक विस्तार पीडित संघर्ष समितिले माग गरेको छ। 


बन्द आयोजकहरूले सडक विस्तारका क्रममा विस्थापित बनेकाहरू पारिवारिक तथा मानसिक समस्या भोगिरहेकाले उनीहरूलाई तत्काल पुनःस्थापना गर्न पनि माग गरेका छन्।

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की पीडितहरूले आन्दोलन गरे पनि सडक विस्तारको काम नरोकिने बताएका छन्। उनले भने, ‘नियमविपरीत बनेका घर-टहरा हामी भत्काउँछौ, हामीले सडक विस्तार कार्य रोक्ने छैनौं। नियम पनि मिच्ने अनि पीडित भयौं पनि भन्न मिल्दैन। उनीहरूको पुन:स्थापनको लगायतका जायज माग सम्बोधन गर्ने विषय चाहिँ सरकार गर्ने हो।’

काठमाडौं महानगरपालिकाभित्र विस्तारको काम ०६६ सालदेखि सुरू भएको हो। सडक विस्तारको क्रममा सयौं व्यक्ति विस्तापित भए पनि सरकारसँग त्यसको आधिकारिक आँकडा छैन।

बन्दको कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन्। बजार र पसल भने खुलेका छन्। साझा यातायात र महानगर यातायात सञ्चालनमा रहे पनि अरु सार्वजनिक सवारीसाधन सडकमा पातलो छन्। बन्दको क्रममा उपत्यका विभिन्न ठाउँबाट ७० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रवक्ता प्रद्युम्न कार्कीले जानकारी दिएका छन्। 


 

More form the Internet

loading...