Suvadin, Home

कुलमानलाई ‘नास्ट प्रविधि पुरस्कार’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित भएका छन् ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित भएका छन् ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएको भन्दै उनलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । 

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई १ लाख रुपैयाँ नगद र सम्मान पत्रसहित पुरस्कार प्रदान गरे । 

नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । 


 

More form the Internet

loading...