Suvadin, Home

एक वर्षमा ७० हजार सडक दुर्घटना, मोबाइल फोनको प्रयोग मुख्य कारण

कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ।
कुवेतमा भएको सडक दुर्घटना।

कुवेत, २१ वैशाख – कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ। 

मन्त्रालयका कार्यवाहक प्रमुख प्रवक्ता ताहडी अल कान्दरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताए। उनले सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको दावी गरेका छन्।


 

More form the Internet

loading...