Suvadin, Home

उच्च शिक्षा कोष स्थापना गर्न सांस्कृतिक कार्यक्रम

किराँत याक्खा सांस्कृतिक कलाकार संघले उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको बताएको छ। कार्यक्रमका प्रचार संयोजक भीम देवानले कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताएका छन्। देवानले मोडल–गायिका ज्योती मगर, विनोद खम्बु र ममता राईले सांगीतिक मनोरञ्जन दिने बताएको छन्।
किराँत याक्खा सांस्कृतिक कलाकार संघका पदाधिकारीहरू। तस्बिरः शुभदिन

सुनसरी, चैत्र १३ – किराँत याक्खा सांस्कृतिक कलाकार संघ सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। संघले चैत्र २५ गते देखी सुनसरीको धरानमा कार्यक्रम आयोजना गने भएको हो।

सुनसरीको धरानमा पत्रकार सम्मेलन गर्दै किराँत याक्खा सांस्कृतिक कलाकार संघले उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको बताएको छ। 

कार्यक्रमका प्रचार संयोजक भीम देवानले कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताएका छन्। देवानले मोडल–गायिका ज्योती मगर, विनोद खम्बु र ममता राईले सांगीतिक मनोरञ्जन दिने बताएको छन्।

कार्यक्रममा स्थानीय उर्जा व्याण्ड र गरिमा डान्स सेन्टरको पनि प्रस्तुति रहने बताइएको छ। याक्खा सांस्कृतिक कार्यक्रम धरानको पब्लिक हाइस्कूलको खेलमैदानमा आउँदो चैत २५ गते दिउँसो ३ बजे सुुरु हुने कार्यक्रमका प्रचार संयोजक भीम देवानले बताएका छन्। 

कार्यक्रमबाट संकलित रकमबाट उच्च शिक्षा कोषको स्थापना गर्ने र सोको ब्याजले उत्कृष्ट विपन्न विद्यार्थीलाई वर्सेनि छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको संघका अध्यक्ष जीवन देवानले जनाएका छन्।

उनका अनुसार आर्थिक सहयोगका लागि समाजसेवी, व्यापारी तथा शुभेच्छुकहरुसँग अनुरोध गरिने छ। रकम जुटाउन कार्यक्रममा एक सय पचास रुपैयाँ दरको टिकट पनि बिक्री गरिने भएको छ।


 

More form the Internet

loading...