Suvadin, Home

गर्भवती भएको विरालो मार्ने ट्याक्सी चालकलाई २ बर्षको जेल सजाय

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन्। तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ। 

क्वालालमपुर, ४ माघ -मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ। गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन्। 

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन्। तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ। 

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ।विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो। घटनामा दुई व्यक्ति संलग्न थिए। एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन्। 


 

More form the Internet

loading...