Suvadin, Home

Cover Image

कैद फैसला भएका सात फरार अभियुक्त पक्राउ

जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

पशुपतिनगर, ८ माघ – इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ। 

जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

पक्राउ पर्नेमा रु १५ लाख १६ हजार ६८८ जरिवाना र एक वर्ष बन मुद्दामा कैद सजाय तोकिएका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर, चोरी मुद्दामा २० दिन कैद र रु ३७ हजार ८३७ जरिवाना तोकिएका सप्तरी खडक नगरपालिका–१ स्थायी घर भई सूर्योदय नगरपालिका–१० बस्ने ३१ वर्षीय वीरेन मल्लिक छन्। 

हातहतियार मुद्दामा रु ८० हजार जरिवाना तोकिएका सूर्योदय नगरपालिका–७ का २६ वर्षीय सन्तोष पौडेल, गाली बेइजती मुद्दामा फरार माइजोगमाई–४ का महेश्वर आचार्य, कृष्णप्रसाद भट्टराई, भीष्म भट्टराई र मिलन भट्टराईलाई जनही रु ५०० कैद तोकिएको थियो। रासस
 


 

More form the Internet

loading...