Suvadin, Home

मर्स्याङ्दीले बगाउँदा २ युवक बेपत्ता, एक जनाको उद्दार, गाउँ शोकाकुल

बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिएका हुन्। पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्दार भएको हो। करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्दार गरेका हुन्।
घटनास्थल। फाइल तस्वीर

लमजुङ, १९ साउन – मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ। बेसीशहर–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो। 

बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिएका हुन्। 

पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्दार भएको हो। करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्दार गरेका हुन्। 

आजकै दिन बेसीशहर–१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमर्स्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ। नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...