Suvadin, Home

जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो। बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताएका छन्।

लमजुङ, फागुन २७ – मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ। बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन्। 

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो। बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताएका छन्।

उक्त जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए। पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन्।

बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि उक्त बेली ब्रिज निर्माण गरेको हो। १९ टन क्षमताको उक्त बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन्।

पल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ। उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्दछन्।

 


 

More form the Internet

loading...