Suvadin, Home

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो।

डोटी, चैत ७ – नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ। त्यस्तै, एकजना घाइते भएका छन्।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्याउने क्रममा उनको मृत्यू भएको हो। उनी दिपायलमा फुपूको घर आएकी थिइन्।

घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्र्षीय चेत साहु घाइते भएका छन्। उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ। 


 

More form the Internet

loading...