Suvadin, Home

वर्षातका कारण फेरी मुग्लिङ सडकमा पहिरो

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार उक्त सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ। राति ११ बजेर २० मिनेटमा अवरुद्ध सडक मङ्गलबार बिहान ३ बजेर २० मिनेटमा एकतर्फी सञ्चालनमा आएको थियो।

चितवन, २९ जेठ – सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार उक्त सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ। 

राति ११ बजेर २० मिनेटमा अवरुद्ध सडक मङ्गलबार बिहान ३ बजेर २० मिनेटमा एकतर्फी सञ्चालनमा आएको थियो। बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ।


 

More form the Internet

loading...