Suvadin, Home

रसुवा पहिरोमा ज्यान गुमाउने दुबैजनाको सनाखत, सात घाइते 

रसुवा । मानसरोवर गएर फर्किएका तीर्थयात्री चढेको जीप पहिरोमा पुरिँदा रसुवामा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्लाका सल्लेरी नगरपालिकाका ४७ वर्षीय वाङ्छु शेर्पा र लिखुपिके गाउँपालिका–१ का ४० वर्षीय दावा शेर्पा रहेका छन् । अन्य ७ जना घाइते भएका छन् । 

घाइते हुनेमा सोलुखुम्बु जिल्लाको सल्लेरी–८ का ५६ वर्षीय दोर्जे शेर्पा, सल्लेरी–६ का ५० वर्षी तेन्डी शेर्पा, लिखुपिके –१ का ५० वर्षीय नवाङ आङ शेर्पा, सोताङ–४ का ३२ वर्षीय छिरिङ दोर्जे शेर्पा, सल्लेरी–६ का ५४ वर्षीय फुरी शेर्पा रहेका छन् ।

त्यसैगरी सोलुखुम्बुकै केरुङ–१ का ४४ वर्षीय भलाकाजी शेर्पा घाइते भएका प्रहरीले जनाएको छ । भकानजे–१ का ४० वर्षीय छोङ्बा शेर्पा गम्भीर घाइते भएका छन् । सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–८ का सवारी चालक फुर्साङ स्याङतान भने सकुशल छन् ।

रसुवागढीबाट काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा पहिरोले पुरेको थियो ।  गाडीमा चालकसहित १० जना यात्रु रहेका थिए ।

 


 

More form the Internet

loading...