Suvadin, Home
Nepal life 2.266M

आज लक्ष्मी पूजा,धनकी देवी लक्ष्मीको आराधना

यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ। आजै घर गोठमा गाईको पूजा गरिदैंछ। यस दिन बिहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ। आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ।
लक्ष्मी पूजा

काठमाडौं, २१ कात्तिक – यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ। आजै घर गोठमा गाईको पूजा गरिदैंछ। यस दिन बिहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ।

आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन्।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ। साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन्। यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ।

त्यस्तै अाज महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती पनि रहेको छ। उनले साहित्य क्षेत्रमा निकै ठूलो योगदान पुर्याएका छन्।


 

More form the Internet

loading...