Suvadin, Home

Cover Image

भ्रष्ट्राचार मुद्दामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङलाई  १७ वर्षको जेल सजाय

कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई भ्रष्ट्राचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको छ । 

एजेन्सी । कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई भ्रष्ट्राचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको छ । 

कोरियाको अटोमोवाइल सामसुङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधबार कोरियाको सउल उच्च अदालतले १७ वर्षको जेल सजाय सुनाएको हो । 

अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकी डलर जरिवाना समेत तोकेको छ । 

यसअघि उनलाई तल्लो अदालतले १५ वर्ष भ्रष्ट्राचारमा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको थियो । वाक गत वर्ष मार्चमा छुटेका थिए, उच्च अदालतको उक्त सजायको फैसलासँगै बुधबार पुनः पक्राउ परेका छन् ।


 

More form the Internet

loading...