Suvadin, Home

Cover Image

स्वस्थ मान्छेलाई कुकुरले चाट्दा एकै हप्तामा मृत्यु !

एजेन्सी । जर्मनीमा एक ६३ वर्षीय मानिस बायाँ खुट्टामा पोलेको अनुभूति र दुवैतर्फको मांसेपसी दुखेपछि अस्पताल पुगेका थिए । उनको लक्षण पहिले फ्लु जस्तै भए पनि गम्भीर बन्दै गयो किनकि विस्तारै उनलाई सास फेर्नमा समेत कठिनाइ भइरहेको थियो । उनको छालामा देखिएको रातो नीलो दाग वास्तवमा छालको सतहको तल क्यापिलरीबाट रगत बगिरहेका कारण त्यस्तो देखिएको थियो ।

अनुसन्धानका क्रममा उनको मुटुको धड्कन एकदम ठीक रहेको देखियो तरपनि उनलाई १०२ डिग्रीको ज्वरो आइरहेको थियो । यता फेल हुँदै गइरहेको उनको मृगौलाले पिशाब उत्पादन गर्न बन्द गरिसकेको थियो । उनमा मेनिन्जाइटिस वा रेबिजको कुनै लक्षण देखा नपरेकाले पनि चिकित्सकहरु आश्चर्यमा परेका हुन् । यसमा उनलाई टोक्ने कुकुरको प्रजातिबारे कुनै खबर गरिएको छैन । 

यसरी थुप्रै दिनसम्म डाक्टरहरुले उनलाई के भएको हो भन्ने पत्ता लगाउन सकेनन् । पछि मात्र उनीहरुले एक किसिमको ब्याक्टेरियाको संक्रमण हुन सक्ने अनुमान गरे । अस्पताल भर्ना भएको चार दिनमा बल्ल उनको रगतमा स्वस्थ कुकुर र बिरालोको र्यालमा हुने ब्याक्टेरिया फेला पर्यो । तर सो ब्याक्टेरिया कुकुर वा बिरालोले टोकेपछि मात्र मान्छेमा सर्ने गर्दथ्यो । यति भएपछि मात्र डाक्टरहरुले कुकुरले चाटेका कारण उनी त्यसरी बिरामी भएको पत्ता लगाए जसको त्यसै हप्तामा मृत्यु भएको हो । यसरी स्वस्थ मान्छेलाई पनि कुकुरले चाटेपछि एक हप्तामै मृत्यु हुन सक्नेबारे युरोपियन जर्नल अफ केस रिपोर्टले विस्तृत जानकारी प्रकाशन गरेको हो । यो यस किसिमके पहिलो घटना भएको बताइएको छ । 

रिपोर्टका अनुसार ती व्यक्तिमा ‘केपनोसाइटोफागा केनिमोर्सस’ नामक ब्याक्टेरियाको संक्रमण भएको थियो जुन कुकुर बिरालोदेखि मान्छेको र्यालमा समेत फेला परेको रेकर्ड छ तर अत्यन्तै दुर्लभ मानिन्छ । अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार उचित अवस्थामा यो ब्याक्टेरिया बढ्दै जान सक्छ तरपनि प्रायः घटनामा यो कुकुले चाटेर होइन टोकाइबाट संक्रमित हुने गर्दछ । यसरी संक्रमणले गम्भीर रुप लिएमा मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको छ । सीडीसीका अनुसार सी. कार्निमोर्सस व्यापक रुपमा शरीरमा फैलिए लक्षण देखा परेको ७२ घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ । 

यो भन्दा अगाडि पनि विभिन्न देशहरुमा कुकुर, बिरालो लगायत जीवजन्तुले चाटेकै कारण व्यक्तिको हात, खुट्टा काट्नुपर्ने अवस्था आएका घटनाबारे खबर गरिएको छ । जस्तै गत महिना अमेरिकाको विसकनसिनमा एक व्यक्तिले कुकुरले टोकेपछि खुट्टा हात र नाक गुमाउनु परेको थियो, अर्को घटनामा चाहिँ कुकुरले चाटेकै कारण एक महिला हात खुट्टा गुमाइ कोममा पुगेकी थिइन् । 

यी व्यक्तिमा भने यो घटना अगाडि कुनै शारीरिक कमजोरी नरहेको र पूर्ण रुपमा स्वस्थ भएको बताइएको छ । यसकारण पनि यसलाई अनौठो मानिएको हो । यस्तोमा अनुसन्धानकर्ताहरुले यो केसलाई गम्भीर रुपमा अध्ययन गर्ने बताएका छन् ।  अहिले सबै चिकित्सकहरुले कुकुर वा बिरालोले चाटेपछि फ्लु जस्तो लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य उपचार गराइहआल्न सुझाव दिएका छन् । त्यस्तै कुनैपनि जनावरले टोकेमा तत्कालै टोकेको ठाउँलाई साबुन र पानीले धुनुपर्ने पनि बताइएको छ ।  वासिङटन पोस्टबाट 
 


 

More form the Internet

loading...