Suvadin, Home

प्याज किन्ने लाइनमा बस्दा भारतमा एकजनाको मृत्यु 

नयाँ दिल्ली । भारतमा एक जना ५५ वर्षीय व्यक्तिको प्याज किन्न लाइनमा बसेको बेलामा मृत्यु भएको छ । घटना गएको सोमबारको हो । उनी आन्ध्रप्रदेशको स्थानीय गुडीभाडा रितु बजारमा प्याज किन्न लाइनमा बसेका थिए । ती व्यक्तिको नाम सम्बिय भएको जनाइएको छ । उनलाई हतार हतार अस्पताल लगिएकोमा बाटैमा मृत्यु भएको थियो । 

प्रहरीले उनलाई कार्डियाक एरेस्ट भएको जनाएको छ । प्रहरीले ती व्यक्ति रितु बजारमा बेहोस भएको जनाउँदै उनलाई हृदयाघात भएको उल्लेख गरेको  छ ।  उनको परिवारका सदस्यका अनुसार उनी यसअघि देखि नै मुटुरोगका बिरामी थिए । सो घटनाको बारेमा प्रहरीमा कुनै उजुरी भने नपरेको जनाइएको छ । उनी प्याज किन्ने लाइनमा बसेको ५ मिनेटमै ढलेका थिए । 

उनलाई तत्कालै अस्पताल लगिएकोमा पुग्दा उनलाई चिकित्सकले मृत्यु भइसकेको जनाएका  थिए । भारतमा खुला बजारमा प्याजको मूल्य प्रतिकेजी २ सय रुपैयाँ सम्म पुगेको छ । रितु बजारमा भने राज्य सरकारले सहुलियत मूल्य तोकेको छ । (एजेन्सी)
 


 

More form the Internet

loading...