Suvadin, Home

ड्राइभ टुरिजम् अभिवृद्धि गर्न लायन्सकाे बाइक र्याली

बार्इक र्यालीमा सहभागीहरू

काठमाडाैं, माघ २
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ को आह्वानमा लायन्स क्लब अफ काठमाडौं राइजिङ सनकाे अायाेजनामा सामाजिक जनचेतना अभिवृद्धि गर्ने तथा काठमाडाैं गोकर्णेश्वर नगरपालिकामा जारी तारेभिर महाेत्सवकाे प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार बाइक र्यालीकाे अायाेजना गरिएकाे छ।
'नेपालमा ड्राइभ टुरिजमकाे प्रवर्द्धनका निमित्त काठमाडाैंकाे वनकालीदेखि तारेभिरसम्म बाइक र्यालीकाे अायाेजना गरेका हाैं,' लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष मधुसुदन सिग्देलले भने, 'र्यालीले उद्देश्य सडक सुरक्षा प्रदान गर्नु हाे।'
नेपाल माेटरसाइकल फेडरेसन र गल्फ लुब्रिकेन्ट्सले सहयाेग गरेका र्यालीले घुमफिर वर्ष २०७३ सफल पार्न पनि सहयाेग गर्ने सिग्देलकाे जिकिर छ। 'काठमाडाैंकाे नजिकै सुन्दरस्थान तारेभिर छ तर त्यसकाे प्रवद्धनमा सरकारी पक्ष या अन्य पक्षकाे ध्यान पुगेकाे देखिन्न,' उनले भने, 'त्यसै स्थानमा पर्यटन अावागमन अभिवृद्धि गर्ने उद्देश्यले र्यालीकाे अायाेजना गरेका हाैं।' 
र्यालीमा झण्डै १ सय ५० भन्दा बढी माेटरसाइकलकाे सहभागिता रहेकाे अायाेजकले बताएका छन्। 'लायन्स क्लबले यस वर्षलार्इ अाफ्नाे स्थापनाकाे १ सय बर्षगाठ मनाउँदैछु,' उनले थपे 'साेही अन्तर्गत हुने विभिन्न सामाजिक जनचेतनामूलक कार्यक्रम अन्तर्गत याे र्याली अायाेजना गरिएकाे हाे।'
सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत साेमबार अाफुहरूले काठमाडाैंकाे गाेकर्णश्वर नगरपालिकामा पर्ने भिमदेही प्राथमिक विधालयका १ सय विधार्थीहरूलार्इ स्वीटर वितरण गरिरहेकाे उनले बताए।

 

More form the Internet

loading...