Suvadin, Home

Cover Image

लिम्पियाधुरा, लिपुलेक र कापालानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन

संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले उक्त निर्देशन दिएको हो । सीमाका विषयमा छलफल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी आउन नसकेपछि भूमि व्यवस्थामन्त्री पदमा अर्याल छलफलमा सहभागी भएकी थिइन् । 

छलफलका क्रममा मन्त्री अर्यालले लिम्पियाधुराको काली नदी नेपाल भारत सीमाना भएको बताउँदै भारतले जारी गरेको नयाँ नक्सा क्रुटिपूर्ण रहेको बताएकी थिइन् ।

बैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतले जारी गरेको नक्सा त्रुटिपूर्ण रहेको बताउँदै समितिकी सभापति शशी श्रेष्ठले लिम्पयाधुराको काली नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजजिक गर्न दिर्नेशन दिएकी हुन् । 
 


 

More form the Internet

loading...