Suvadin, Home

निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष अग्नि शाहीले बताए। विद्यालयमा कक्षा सञ्चालन हुनुपर्ने र विद्यार्थीले स्वतन्त्र रुपमा पढ्न पाउनुपर्ने भन्दै जिल्लाशिक्षा कार्यालय बाजुरालाई तीनबँुदे ध्यानाकर्षण पत्र बुझाएको छ। 
फाइल फाेटाे।

बाजुरा, वैशाख १८ – जिल्लामा रहेको नागरिक समाज बाजुराले बालबालिकाको अवस्थाका बारेमा विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

 नागरिक समाज बाजुराले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराएको छ। 

बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष अग्नि शाहीले बताए। विद्यालयमा कक्षा सञ्चालन हुनुपर्ने र विद्यार्थीले स्वतन्त्र रुपमा पढ्न पाउनुपर्ने भन्दै जिल्लाशिक्षा कार्यालय बाजुरालाई तीनबँँदे ध्यानाकर्षण पत्र बुझाएको छ। 

स्थानीय तहको निर्वाचनमा विद्यालयलाई प्रयोग नगरी विद्यालय बन्द गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, निर्वाचनमा शिक्षकलाई यथाशक्य कम प्रयोग गर्नुपर्ने र विद्यालयको पूर्वाधार संरक्षणमा ध्यान दिनुपर्नेलगायत माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। नागरिक समाजले विद्यार्थी भर्ना अभियान सकिए पनि पाठ्यपुस्तक नपुगेको भन्दै जिल्ला शिक्षा कार्यालय बाजुरालाई ध्यानाकर्षण गराएको छ। 

यसैगरी जिल्ला प्रहरी कार्यालयमा रहेका बालबालिकाको अवस्थाका बारेमा प्रहरी निरीक्षक सुदाम रावलसँग पनि जानकारी लिइएको छ। अहिले जिल्ला प्रहरी कार्यालय बाजुरामा पाँच जना बालबालिका रहेका छन्। दुई जना माविमा भर्ना भएका छन् भने दुई जना उमाविमा पढ्दै र एक अन्यगरी पाँच जना प्रहरी हिरासतमा रहेको जिप्रका बाजुराले जनाएको छ।

उनीहरु झै–झगडासम्बन्धीको सार्वजनिक मुद्दाअन्तर्गत अनुसन्धानको प्रक्रिया भइरहेको सूचना अधिकारी सुदाम रावलले बताएका छन्। जिल्लाका राजनीतिक दलले बालबालिकालाई स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। रासस


 

More form the Internet

loading...