Suvadin, Home

Cover Image

शुभदिन र ब्युल्ड नेपालको सहकार्य #VoteForNepal
शुभदिनले उम्मेदवारहरूको प्रोफाइल छाप्ने

स्थानीय निर्वाचनको जानकारी राख्न र खबरदारी गर्नका साथै शुभदिनको पेजमा स्थानीय तहको निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन भए-नभएको बुझ्न #LocalElection भन्ने छुट्टै पेज समेत खाेलिएकाे छ।
#VoteForNepal अभियान।

काठमाडौं, वैशाख १९ - २१ औं शताब्दीको विश्वअनुकुल हुँदै न्यायको प्रत्याभूति गराउने पारदर्शी र  स्वस्फूत प्रशासन निष्पक्ष निर्वाचनबिना असम्भव छ।

यही तथ्यलाई आत्मसाथ गर्दै १९ वर्षपछि हुन लागेको स्थानीय निवाचनले नेपालको प्रशासनिक, आर्थिक तथा सामाजिक भविष्य हिजो कै भद्रगोल र भ्रष्टाचारमा चुुर्लुम्म, अव्यवस्थालाई निरन्तरता दिने वा  २१ औं शताब्दी हाक्न सक्ने पारदर्शी र स्वस्फूर्त व्यवस्थाको थालनी गर्न निर्धारण गर्ने भएकाले शुभदिन मिडिया र ब्यूूल्ड  नेपाल संस्थाले ‘भोट फर नेपाल’ अभियानको थालनी गरेका छन्। 

यो अभियान सफल बनाउन नेपाल भर फैलिएका सचेत युवा तथा जिम्मेवार नागरिकले सहयोग गर्न सक्नेछन्। 

भाेट खसाल्न्या हाेइनन्, मत दिन्या हुन् भन्ने नाराले सुरू भएकाे ‘#VoteForNepal’ ले विभिन्न कार्यक्रममार्फत् उम्मेदवारलाई कसैको बृत्ता बनाउन नदिने, हाम्रो उम्मेदवार होइन् राम्रो उम्मेदवार छनोट गर्न ठोस गुरुयोजना हेर्ने, आचारसंहिता अक्षरस पालना गरियोस् र निस्पक्ष निर्वाचन गर्नका लागि सचेत नागरिकले रोकक्नु भएमा निर्वाचन आयोग र शुभदिन मिडियामा  खबर गराउने, सूचित गर्न कोही पनि नडराउने तथा सुरक्षाको आवश्यक परे प्रहरीमा खबर गराउने, मत हाल्दा उम्मेदवारलाई मात्र होइन् योग्यता र विश्वसनियतालाई पनि ध्यानमा राख्न लगाउन, कुनै पनि दलले लोभलालच नदेखाइ मतदातालाई स्वतन्त्ररुपमा भोट हाल्न दिउने वातावरण बनाउने, उम्मेदवारमा नयाँ संरचना र मापदण्ड अनुसारको आफ्नो पदीय जिम्मेवारीको बोध र त्यसलाई अपनाउन सक्ने विश्वास छ कि छैन ?  भन्ने कुरा पनि मापन गर्न लगाउने उद्देश्यमा काम भइरहेको गराएकाे छ। स्थानीय तहको निर्वाचनका उम्मेदवारको बारेमा भेटिसम्म जानकारी दिने र  अाचारसंहिता पालनाका लागि खबरदारी गर्न शुभदिन  कटिवद्ध रहेको सम्पादक खीलानाथ ढकालले जानकारी दिए।  

हरेक क्षेत्रका मतदाताले आफ्नो ठाउँका उम्मेदवार को, कस्ता छन्? स्पष्ट हुन् र उनीहरुले तुलना गरेर राम्रो उम्मेदवार छान्न सकुन् भन्ने उद्देश्यले यो अभियान थालिएकाे  ब्युल्ड नेपालका कोर्डिनेटर सौविद्य खड्काले बताए। उनका अनुसार  #Vote Tarakeswar अन्तर्गत सचेत नागरिकहरूले अभियान सञ्चालन गरिरहेका छन्। तारकेश्रवर निर्वाचन अभ्यासहरूसम्बन्धी नमूना नगरपालिकाकाे अघि बढेकाे र याे अभियान मुलुकभरका स्थानीय तहले सिक्न सक्ने खड्काकाे भनार्इ छ।

स्थानीय निर्वाचनको जानकारी राख्न र खबरदारी गर्नका साथै शुभदिनको पेजमा स्थानीय तहको निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन भए-नभएको बुझ्न #LocalElection भन्ने छुट्टै पेज समेत खाेलिएकाे छ 

उम्मेदवारले निम्न विवरण भरेर शुभिदनकाे इमेल suvadinnews@gmail.com पठाउन अनुराेध गरिएकाे छ। साथै, ०१–४२४९९१० वा  ९८४८५३५०४८  मा  फाेन सम्पर्क  गरेर पनि विवरण टिपाउन सकिने व्यवस्था गरिएकाे छ।

नामः                                            उमेरः
ठेगानाः                                         शैक्षिक योग्यता
अन्य योग्यता वा पाएका सम्मान, विशेष सफलताः
तपाईले उम्मेदवारी दिएको क्षेत्र (महानगरपालिका, उपमहानगरपालिका, नगर वा गाउँपालिका)
पदः             पार्टीः
तपार्इको परिचय र पृष्ठभूमिः          
समाज र देशको विकासमा तपार्इको अहिलेसम्मको योगदानः

तपाईको परिचय  पृष्ठभूमि:
समाज र समग्र देशको विकासमा तपाईको अहिलेसम्मको योगदान:


प्रश्नहरु
१ तपाईले उम्मेदवारी दिनुको तीन कारण केके हुन् ?
२ के तपाईसँग आफ्नो क्षेत्रको गुरुयोजना छ?
३ तपाईलाई भोट हाल्नु पर्ने तीन कारण र आधार केके हुन?
४ तपाईले उठाउने स्थानीय मुुद्दा केके हुन?
क. आर्थिक विकाससम्बन्धी:
ख. सामाजिक विकाससम्बन्धी  (स्वास्थ्य, शिक्षा खानेपानी गरिबी निवारण आदि):
ग. भौतिक पूूर्वाधार तथा निर्माण सम्बन्धी:
घ. जनजीविकासम्बन्धी:
ङ. वातावरण र पर्यावरणसम्बन्धी:
च. अन्य:

५. तपाईका तीन प्रमुख प्रतिवद्धता के हुन्?


अन्य प्रश्न उपयुक् भएमा उत्तर दिनुहोस् 
१. राजनीतिमा युवा आकर्षित हुन् नसक्नुका कारण के हुन्?
२. विकास र निर्माणले गतिलिन नसक्नुका कारण केके हुन?
३. राजनीतिमा विकृति किन आइरहेका होलान?
४. सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनुको कारण के हो?
५. तपाईले जितेमा यस्ता विकृति कसरी अन्त्य गर्नु हुन्छ?
६.  स्थानीय तहको भ्रष्टाचारमा कसरी सुधार थाल्ने?

साथै अाचारसंहिता उल्लघंन वा संहिताकाे उदाहरणीय रूपमा पालना भएकाे पाइएमा  पनि suvadinnews@gmail.com मा इमेल पठाउन वा ०१–४२४९९१०,  ९८४८५३५०४८  मा  फाेन सम्पर्क गर्न अनुराेध गरिएकाे छ।


 

More form the Internet

loading...