Suvadin, Home

Cover Image

सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादीकाे जित

सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएकाे छ।गाउँपालिका अध्यक्षमा दीपा बोहरा र उपप्रमुखमा दीर्वसिंह मोक्तान विजयी भएका हुन्।
माअाेवादी केन्द्रकाे झन्डा।

सिन्धुली, जेठ ५ – सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएकाे छ।

गाउँपालिका अध्यक्षमा दीपा बोहरा र उपप्रमुखमा दीर्वसिंह मोक्तान विजयी भएका हुन्। बोहराले तीन हजार चार सय ३३ मत पाए भने कांग्रेसका कपील कोइरालाले तीन हजार दुर्इ सय १२ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा दिर्वसिंघले ३ हजार चार सय ५७ मत पाउदा  कांग्रेसका शान्ता कार्कीले तीन हजार दुर्इसय ६८ मत पाएको निर्वाचन समितिले जनाएको छ।

सातमध्ये ३ वटा वडाअध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन्, भने दुईदुई वटामा कांग्रेस र माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्।   


 

More form the Internet

loading...