Suvadin, Home

मतदानमा सुरक्षा व्यवस्था चुस्त

पहिलो चरणको स्थानीय तह चुनाव शान्तिपूर्ण रुपमा भइरहेको छ। निर्वाचनलाई व्यवस्थित, भयरहित र निष्पक्ष बनाउन शान्ति सुरक्षा चुस्तदुरुस्त राखिएको हो।
गस्तीमा सुरक्षाकर्मी।

काठमाडौं, वैशाख ३१– पहिलो चरणको स्थानीय तह चुनाव शान्तिपूर्ण रुपमा भईरहेको छ। निर्वाचनलाई व्यवस्थित, भयरहित र निष्पक्ष बनाउन शान्ति सुरक्षा चुस्तदुरुस्त राखिएको हो।

मतदान भइरहेका प्रदेश नम्बर ३, ४ र ६ मा उच्च सुरक्षा सर्तकता सहितको ब्यवस्था गरिएको छ। मतदानस्थल वरिपरिको सुरक्षा व्यवस्था, मतदाताको सुरक्षा तथा मतको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाली सेनासहितको गस्ती बाक्लो पारिएको छ। मतदान केन्द्रहरुमा पनि कडा सुरक्षा जाँच गरिएको छ।

मतकेन्द्रमा परिचालित सुरक्षाकर्मी, पर्यवेक्षक तथा स्वयम मतदाताहरुले पनि शान्ति सुरक्षाको अवस्था राम्रो रहेको प्रतिक्रिया दिएका छन्।

सडकमा सवारी जाँचलाई कडा पारिएको छ। विना अनुमति संचालिन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदानमा कुनै अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीबाट पैदल, हवाई गस्ती र हाई प्वाईन्ट डिउटी समेतको सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालित छन्। मतदान पश्चात मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा पुर्याउनका लागि सुरक्षाकर्मीबाट स्कर्टिङ गरिने गृहमन्त्रालयले जनाएको छ।
 


 

More form the Internet

loading...