Suvadin, Home

दोलखामा झडप,  प्रहरीको गोली लागेर एकको मृत्यु

 दोलखामा कांग्रेस र माओवादी केन्द्र गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको छ।

काठमाडाैं, वैशाख ३१– दोलखामा कांग्रेस र माओवादी केन्द्र गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको छ।

जवाफी कारवाहीमा प्रहरीको गोली लागेर नरबहादुर भूजेलको ज्यान गएको छ।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गर्दै मतपेटिका लुट्न आएको समूहलाई रोक्न प्रहरीले गोली चलाएको बताए।

घटना दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको हो। दोलखाका क्षेत्र नम्बर १  का विभिन्न केन्द्र आइतबार बिहानैदेखि तनावग्रस्त छन् । 

काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेलसहित बैत्येश्वर गाँउपालिकाका  उम्मेदवार बुथ छोडेर हिडेका छन्  
 
 


 

More form the Internet

loading...