Suvadin, Home

चुनावी हिंसा रोक्न दैलेख सदरमुकाममा निषेधाज्ञा

स्थानीय प्रशासनले दैलेख सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
फाइल फाेटाे।

काठमाडौं, जेठ २–स्थानीय प्रशासनले दैलेख सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

मंगलबार बेलुका ७ देखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको हो।

सोमवार कांग्रेस र एमाले कार्यकर्ताका बीचमा झडप भएपछि यहाको अवस्था तनावग्रस्त छ। थप चुनावी हिंसा हुनसक्ने आँकलनसहित प्रशासनले निषेधाज्ञा जारी गरेर शान्तिसुरक्षाको अवस्था मजबुत पारेको जनाएको छ।
 


 

More form the Internet

loading...