Suvadin, Home

लकडाउनलाई जनताको साथ, काठमाडौं सुनसान

काठमाडौं । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।

लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।

लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गर्दै आएका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर आँगमै सीमित छन् ।


 

More form the Internet

loading...