Suvadin, Home

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

चैत ११ गतेबाट भएको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरूलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिइने भएको छ । 

काठमाडौं । चैत ११ गतेबाट भएको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरूलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिइने भएको छ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले यो दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
 
लक डाउन लम्बिएपछि कतिपय व्यक्तिहरू हिँडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा समस्या आउन सक्ने भएकाले सरकारले गाउँ फर्किन चाहनेहरूलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।


 

More form the Internet

loading...